वंगलादेशमा आम चुनाव सम्पन्न, हसिनाको अवामी लिग पार्टीले वहुमत हासिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वंगलादेशमा आम चुनाव सम्पन्न, हसिनाको अवामी लिग पार्टीले वहुमत हासिल

hasina

काठमाडौं, १६ पुस । वंगलादेशमा हालै सम्पन्न आम चुनाववाट निवर्तमान प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले वहुमत हासिल गरेको छ । हसिनाको पार्टीले वंगलादेशमा लगातार तेस्रो कार्यकालका लागि वहुमत हासिल गरेको हो ।

बंगलादेशमा निर्वतमान प्रधानमन्त्री शेख हसिनाको पार्टीले २ सय ८१ सिटमा जित हासिल गरेको छ । कुल ३ सय ५० सिट रहेको बंगलादेशको संसदमा सरकार गठनका लागि वहुमत संख्या हो । यो जितसंगै सन् २००९ देखि सत्तामा रहेकी शेख हसिना अब आउँदो कार्यकाल पनि प्रधानमन्त्री रहने पक्का भएको छ । हसिनाको अवामी लिगले अघिल्लो चुनावको भन्दा वढि सिट जित्न सफल भएको छ । तर विपक्षी पार्टीले भने आइतबार भएको चुनावलाई हाँस्यास्पद रहेको बताएका छन् ।

उनीहरुले फेरि मतदान हुने पर्ने माग गरेका छन् । वर्तमान प्रधानमन्त्री फेरि अर्को कार्यकालका लागि सत्तामा कायम रहने बाटो खोलेको रुपमा हेरिएको चुनावमा व्यापक स्तरमा धाँधली भएको आरोप विपक्षीको छ । मतदान केन्द्रहरुमा मतदान सुरु हुनु पूर्व नै भरिएका मतपेटिका देखिएका थिए । प्रमुख विपक्षी पार्टी गानो फोरमका नेता कमाल हुसैनले हाँस्यापद चुनावको नतिजा तत्काल रद्द गरी नयाँ चुनावका लागि निर्वाचन आयोगसँग अपिल गरेका छन् ।

स्वतन्त्र चुनावी सरकारको मातहतमा जतिसक्दो चाँडो नयाँ चुनावका गराउनु पर्ने उनले बताएका छन् । उनको पार्टीले मात्रै सात सिट जितेको छ । बंगलादेशको निर्वाचन आयोगले देशभरबाट मतदानमा धाँधली भएको आरोप प्राप्त भएको र आफूहरुले त्यसको अनुसन्धान गर्ने बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । चुनावी प्रक्रियाको क्रममा सत्तारुढ र विपक्षी पार्टीका कार्यकर्ताविच भएको झडपमा कम्तिमा १७ जनाको ज्यान गएको थियो ।

आइतवार भएको मतदानका समयमा विभिन्न स्थानमा हिंसात्मक घटना भएको बंगलादेशी प्रहरी अधिकारीहरुले जनाएका छन । बिपक्षी दलका कार्यकर्ताहरुले मतदान केन्द्रहरुमा आक्रमण गर्न थालेपछि प्रहरीको प्रतिरक्षात्मक कारवाहीमा १७ जनाको मृत्यु भएको हो । बिपक्षीदलका कार्यकर्ताहरुले मतदान केन्द्रमा प्रवेश गर्ने प्रयास गरेका र मत पेटिका खोसेर भाग्न खोजेपछि हिंसात्मक घटना भएको जाइएको छ ।

आइतवार भएको संसदीय निर्वाचनमा संसदको २ सय ९९ पदका लागि १ हजार ८ सय ४१ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचनको सुरक्षाका लागि करिब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन अघिको समयमा भएको हिंसात्मक घटनामा पनि १३ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);