पाकिस्तानको आम चुनाव २०२४ को अन्तिम नतिजा घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

पाकिस्तानको आम चुनाव २०२४ को अन्तिम नतिजा घोषणा

काठमाडौं,२९ माघ । पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ । राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले ७५ सिट प्राप्त गरेको छ ।

पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी संसदीय दलले ५४ सिट प्राप्त गरेको छ । मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तानले १७ सिट, जमियत उलामा–ए–इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम–ए–पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल पार्टीले दुई–दुई सिट पाएका छन् । ई–मुस्लिमीन पाकिस्तान, पाकिस्तान मुस्लिम लीग (जिया–उल–हक शहीद), पश्तुनख्वा नेशनल अवामी पार्टी पाकिस्तान, बलुचिस्तान अवामी पार्टी, पश्तुनख्वा मिलि अवामी पार्टी र नेशनल पार्टीले एक–एक सिट पाएको छ ।

निर्वाचन आयोगले आगामी फागुन ८ गते भएको निर्वाचनपछि राष्ट्रिय सभाका २६६ सिटमध्ये २६२ सिटको नतिजा आगामी पाँच वर्षे कार्यकालका लागि सरकार चयन गर्ने घोषणा गरेको थियो । देशको निर्वाचन आयोगले उम्मेदवारको मृत्यु भएपछि एक सिटको मतदान स्थगित गरेको र एक सिटको नतिजा रोकेर आंशिक पुनः मतदान गर्ने घोषणा गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);