पाकिस्तानमा २५ जुलाइमा हुने निर्वाचनको सरगर्मी बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाकिस्तानमा २५ जुलाइमा हुने निर्वाचनको सरगर्मी बढ्यो

एजेन्सी, २६ असार । पाकिस्तानमा २५ जुलाइमा हुुने आम निर्वाचनको सरगर्मी बढेको छ । दलहले प्रचार प्रसारलाई तीव्र पारेका छन् । नेसनल एसेम्बलीको २ सय ७२ सिटका लागि ३४ सय ५९ प्रत्यासी चुनावी मैदानमा छन् । केही उम्मेदवारमाथि सुुरक्षा चुनौती रहेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उम्मेदवारहरुले मतदातालाई आकर्षित गर्न विभिन्न आश्वासनसहित भ्रष्ट्राचार निर्मूूल पार्ने बाचा गरेका छन् । केही उम्मेदवारले भने बिद्युत आपूर्ति नियमित गर्ने, सडक, खानेपानी र महंगी नियन्त्रण गर्न आफनो प्रयास हुुने बताएका छन् ।

त्यसैगरी शिक्षाको गुणस्तर बृद्धि गरी सबैको पहुँ पुुर्याउन ध्यान दिने र युुवाहरुलाई रोजगारी उपलबध गराउने सम्मका आश्वासनहरु उम्मेदवारहरुले बाँड्दै आएका छन् । पाकिस्तान पिपुल्स पार्टी र अवामी लिगका प्रत्यासीहरु बिरुद्ध जमात ए इस्मामिक पार्टीले सबैभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा उतारेका छन् ।

उता धार्मिक पार्टी सहित साना दलहरुले ४ सय ६० जनालाई चुनाव लड्न प्रतिस्पर्धी बनाएका छन् । चुुनाव आयोगले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै प्रयास गरिरहेको जनाएको छ ।

सुरक्षाको भरपर्दाे प्रबन्ध मिलाइएको भनेतापनि केही उम्मेदवारहरुमाथि सुुरक्षा थ्रेट रहेकाले चेक जाँच कडा पारिएको जनाइएको छ । पाकिस्तान तहरिक ए इन्साफ पार्टीको अध्यक्ष इमरान खान सहित ६अन्य नेतामाति आतंकबादी आक्रमण हुुन सक्ने संभावनाका कारण उनीहरुको सुरक्षा प्रबन्ध कडा बनाइएको छ ।

यसअघि पाकिस्तानको सर्बाेच्च अदालतले जाली बैक खाताको मामिलामा पूुर्व राष्ट्रपति र तथा पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष आसिफ अली जर्दारी र उनकी बहिनी फरयाल तालपुुरलाई बिदेश भ्रमणमा रोक लगाएको छ ।

त्यस्तै भ्रष्ट्राचार मुद्धामा दोषी ठहर गर्दै अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई १० बर्ष उनकी छोरी मरियमलाई ७ बर्ष र ज्वाइलाई १ बर्षको काराबास सजाय सुनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);