म्यानमारको निर्वाचन आयोगले केही राज्यको निर्वाचन रद्द गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

म्यानमारको निर्वाचन आयोगले केही राज्यको निर्वाचन रद्द गर्ने घोषणा

एजेन्सी, १ कार्तिक । म्यानमारको निर्वाचन आयोगले केही राज्यको निर्वाचन रद्द गर्ने घोषणा गरेको छ । स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न नसक्ने भन्दै आयोगले केही केन्द्रको मतदान रद्द गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार बागो क्षेत्रका दुई शहर रकाद्धिन राज्यका ११ शहरमा भएका मतदान निष्पक्ष र स्वतन्त्र हुनेमा आशंका पैदा भएको बताइएको छ । म्यानमारले रद्द गरेका उक्त क्षेत्रहरुमा आगामी नोभेम्बरमा आम निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।

म्यानमारमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६ हजार ९ सय ६९ उम्मेद्वार चुनावी मैदानमा रहेका छन् । देश बाहिर रहेका मतदाताका लागि अनलाइनमार्फत अग्रिम रुपमा मतदान गर्ने व्यवस्था मिलाइको बताइएको छ ।

हालै म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी एनएलडीका तीन जना उम्मेद्वार चुनाव प्रचार प्रसारका क्रममा अपहरणमा परेपछि निर्वाचनको सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले समेत चासो व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);