अर्मेनिया र अजरबैजानबीच हिंसा अन्त्यका लागि पुनः सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अर्मेनिया र अजरबैजानबीच हिंसा अन्त्यका लागि पुनः सम्झौता

एजेन्सी, २ कार्तिक । अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको छ ।

यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबिच नयाँ सहमति बनेको हो ।

सो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ । गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो । पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ ।

सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । गएको सेप्टेम्बर २७ देखि भएको हिंसामा ३०० जना भन्दा बढीको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);