इजरायल र मोरोक्को पूर्णराजनीतिक सम्बन्ध स्थापनाका लागि तयार | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

इजरायल र मोरोक्को पूर्णराजनीतिक सम्बन्ध स्थापनाका लागि तयार

एजेन्सी, २६ मंसिर । इजरायल र मोरोक्को पूर्णराजनीतिक सम्बन्ध स्थापनाका लागि तयार भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र मोरोक्को पूर्ण राजनीतिक सम्बन्ध स्थापनाका गर्न तयार रहेको जानकारी दिनुभएको हो । गएको अगष्ट महिना यता इजरायलसँग सम्बन्ध स्थापनाको सम्झौता गर्ने मोरोक्को चौथो अरब लिगको मुलुक हो ।

यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन र सुडानले इजरायलसँग सम्बन्ध स्थापनाको सम्झौता गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै मध्य पूर्वमा शान्ति स्थापनाका लागि यो ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ । यसैगरी ह्वाइट हाउसले ट्रम्प र मोरक्कोका राजा मोहम्मद छैटौं बीच मोरोक्कोले इजरायलसँग राजनीतिक सम्बन्ध स्थापना गर्ने र क्षेत्रीय स्थीरतालाई अघि बढाउनका लागि आर्थिक र साँस्कृतिक सहयोग विस्तार गर्ने सहमति भएको बताएको छ ।

सम्झौता अनुसार अमेरिकाले विवादित पश्चिमी सहारा क्षेत्रमा मोरोक्कोको दाबीलाई मान्यता दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यो मोरोक्को र अल्जेरिया समर्थित पोलिसारियो फ्रन्टबीचको विवादित क्षेत्रमा स्वतन्त्र राज्य स्थापनाको माग मोरोक्कोले गर्दै आएको थियो ।

सम्झौताअनुसार अब सन् २००२ देखि बन्द गरिएको इजरायलको तेलअविव र मोरोक्कोको रबातमा सम्पर्क कार्यालय र दूतावासहरु खोलिने र मोरक्को–इजरायल सीधा हवाई उडान सुरु हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);