फाइजर खोपलाई अमेरिकामा अनुमति दिन स्वास्थ्य विज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फाइजर खोपलाई अमेरिकामा अनुमति दिन स्वास्थ्य विज्ञको सुझाव

एजेन्सी, २६ मंसिर । अमेरिकी स्वास्थ्य विज्ञहरुले फाइजर र बायो एन टेकले तयार पारेको कोरोना विरुद्धको खोप अमेरिकामा पनि प्रयोग गर्ने अनुमति दिन सुझाव दिएका छन् ।

अमेरिकी स्वास्थ्य विज्ञहरुले खोप अमेरिकामा पनि प्रयोग गर्ने अनुमति प्रदान गर्न त्यहाँको खाद्य तथा औषधी सम्बन्धी प्रशासन एफडिएलाई सुझाव दिएका हुन । २३ विज्ञ सम्मिलित टोलीले जोखिमको तुलनामा औषधीको लाभ बढी रहेको भन्दै यस्तो सुझाव दिएकाे जनाइएको छ ।

फाइजर खोपले बेलायत, क्यानडा, बहराईन र साउदी अरबमा यसअघि नै प्रयोगको अनुमति पाईसकेको छ । अब अमेरिकामा पनि सो खोपले प्रयोगका लागि एफडिएबाट स्वीकृति पाउनुपर्नेछ । फाइजरले अमेरिकामा पहिलो चरणको प्रयोगका लागि ६४ लाख डोज खोप उपलब्ध गराउने तयारी गरेको छ ।

सो खोप एक व्यक्तिलाई २ मात्रा प्रदान गर्नुपर्ने जनाइएको छ । सो हिसावमा ३३ करोड जनसंख्या रहेको अमेरिकामा पहिलो चरणमा प्रदान गरिने खोप ३० लाख व्यक्तिका लागि मात्रै पर्याप्त हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);