अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु

एजेन्सी, २९ मंसिर । कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु भएको छ । सोमबार अमेरिकाको विभिन्न राज्यका १ सय ४५ स्थानमा र भने मंगलबार अरु ४ सय २५ स्थानमा खोप दिइदै छ ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएलगत्तै अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रका व्यक्तिहरुलाई खोप लगाउन थालिएको हो । खोपको पहिलो तीस लाख डोज अमेरिकाका सबै राज्यहरुमा पु¥याइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । फाइजर र बायोएनटेक कम्पनीले बनाएका उक्त खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागले कोरोना विरुद्धको उक्त खोपलाई आपतकालीन स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन थालिएको हो । फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने योजना बनाएको छ । कोरोनाको प्रतिरक्षाका लागि यो खोप दुई डोज लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनुपर्ने हुन्छ ।

३३ करोड जनसंख्या भएको अमेरिकामा पहिलो चरणको खोपले करिब ३० लाख जनालाई पुग्ने भएकाले स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरुले मात्र पाउने छन् । शुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकलाई खोप दिने तयारी गरिएको छ । फाइजरको उक्त खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);