नेपाललाई औषधीमा आत्मनिर्भर बनाउने सरकारी नीति कागजमै सीमित, औषधि आयातमा ठूलो धनराशी बाहिरिदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेपाललाई औषधीमा आत्मनिर्भर बनाउने सरकारी नीति कागजमै सीमित, औषधि आयातमा ठूलो धनराशी बाहिरिदै (भिडियाेसहित)

काठमाडौं, ३० मंसिर । सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । तर सरकारी नीति कागजमै सिमित हुँदा हरेक वर्ष ठूलो परिमाणमा अन्य देशबाट नेपालमा औषधि आयात हुँदै आएको छ । नेपालमा अहिले करिब १७ हजार प्रकारका औषधिको प्रयोग भैरहेको छ ।

यी मध्ये ७ हजार ७ सय २७ प्रकारका औषधि नेपालमै उत्पादन हुन्छन् भने ९ हजार ४ सय ३५ प्रकारका औषधि भारत, बंगलादेश लगायतका देशबाट आयात हुने गरेको छ । सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने नीति लिएपनि यसको कार्यान्वयन पक्ष फितलो हुँदा अर्बौ रुपैंयाको औषधि हरेक वर्ष आयात हुने गरेका हो । यसको मुलकारण भने नेपाली औषधिको मूल्य बढी हुनु र गुणस्तर कायम हुन नसक्नु रहेको बताइएको छ ।

५५ कम्पनीले नेपालमा २६ अर्बको लगानीमा औषधि उत्पादन गरिरहेका छन् । यीमध्ये ३५ वटाले विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास जिएमपी प्रमाणपत्र पाएका छन् । बाँकी २० वटाले भने यसका लागि प्रक्रिया अगाडि बढाएको छ । नेपालमा सामान्यदेखि जटिल रोगका लागि प्रयोग हुने औषधि उत्पादन भैरहेको बताइएको छ । तर नेपाली उत्पादन सरकारी प्राथमिकता पर्न नसकेको गुनासो समेत आउने गरेको छ ।

सरकारले औषधि उद्योगलाई प्रोत्साहन गर्न भन्दै कच्चा पदार्थ खरिदमा मूल्य अभिवृद्धि कर छुट समेत दिएको छ । औषधि व्यवस्था विभागले हाल स्यानिटाइजर उत्पादनका लागि छुट दिएको थियो । अहिले कोरोनाकै कारण औषधिमा आत्मनिर्भर हुने विषय केही ओझेलमा भने परेको विभागले स्वीकारेको छ ।

औषधि आयातमा अहिले देशका ठूलो धनराशी विदेशिने गरेको छ । भुक्तानी सन्तुलन र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने हो भने औषधि उत्पादनमा नेपाललाई जतिसक्दो छिटो आत्मनिर्भर बनाउनुको विकल्प छैन । तर, औषधिको मूल्य र गुणस्तरलाई बजार सुहाउँदो भने बनाउन सम्बन्धित निकायले ध्यान दिनै पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);