अबैध समान सहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अबैध समान सहित चार जना पक्राउ

झापा, ३० मंसिर । अबैध सामान सहित प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ बाट चार जनालाई पक्राउ गरेको छ । भन्सार चोरी पैठारी गरी भित्र्याईएको २ हजार ४६० केजी चिनी सहित ४ जना पक्राउ परेका हुन् ।

बिशेष सूचनाको आधारमा सोमवार राती ७ बजे तिर जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रङगेली नगरपालिका–१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका–१ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डल छन् ।

प्रहरीले सोक्रममा निजहरुले चिनी ओसार पसार गर्न प्रयोग गरेको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाईकल पनि पक्राउ गरेको गरेको छ । यसैगरी सुनवर्सी नगरपालिका–७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी सोह्र लाख मुल्य बराबरको इल् त्भ्क्त् ट्रयाक्टर बरामद भएको छ ।

प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);