३ लाख २५ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३ लाख २५ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

झापा, १२ मंसिर । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो साँझ ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले ३ लाख २५ हजार १ सय ५५ रुपैयाँ नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेहरुमा उर्लावारी नगरपालिका–३ का ४२ बर्षीय बिष्णु राउत, उर्लावारी–८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी त्यस्तै वड नम्बर ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु र केपिलासगढी गाउँपालिका–५ खोटाङका ६७ बर्षीय कुबीरमान तामाङ रहेका छन् । पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

लागूऔषध सहित १ जना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–१३ जोगीपोखरीबाट नियन्त्रीत लागूऔषध सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका–५ सप्तरीका १९ बर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागूऔषध नाईटोजेपाम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);