बिद्यालय बन्द भएपछि बागलुङका जुत्ता व्यवसायी मर्कामा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बिद्यालय बन्द भएपछि बागलुङका जुत्ता व्यवसायी मर्कामा (भिडियोसहित)

काठमाडाैं , १२ मंसिर । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण बिद्यालय बन्द भएपछि बागलुङमा जुत्ता उद्योग संचालन गरेका उद्यमी मर्कामा परेका छन् । विद्यालय पोषाकका लागी आवश्यक पर्ने जुत्ता उद्योग संचालन गरी आयआर्जन गर्दै आएका बागलुङका जुत्ता उद्योगी मर्कामा परेका हुन । बागलुङमा भएका शैक्षिक संघसंस्था लामो समय बन्द भएपछि याहाँका जुत्ता उद्योग बन्द हुने अबस्थामा पुगेका छन् ।

बागलुङमा जुत्ता उद्योगमा लगानी गरेका व्यवसायी यतिबेला अरू उद्योगका जुत्ता बिक्रीवितरण गरेर जिबिकोपार्जन गर्न बाध्य छन् । दिनहुँ सयौं युवाहरु धन कमाउन विदेशतर्फ गइरहेको समयमा बागलुङका उत्साही युवाहरु भने आफ्नै गाउँ ठाउँमा जुत्ता उद्योग संचालन गरेर राम्रो कमाई गर्न सफल भएका थिए । तर अहिले बिद्यालय, क्याम्पस, लगायतका शैक्षिक संस्था संचालन नभएपछि यहाँ उत्पादन हुने छालाको जुत्ताको बिक्रीवितरण ठप्प भएपछि दुई दर्जन उद्योग संकटमा परेको उद्योगीरुले बताएका छन् ।

बागलुङमै उत्पादन भएका छालाका जुत्ताहरुको माग दिन प्रतिदिन बढ्दै जान थालेको समयमा कोरोना संक्रमण फैलिएपछि व्यवसाय धरापमा परेको हो । नयाँ शैक्षिक सत्रको समयमा मात्र ३ हजार जोर जुत्ता बिक्री गर्ने गरेकोमा अहिले व्यवसाय ठप्प भएको उद्योगीहरुको भनाई छ । बागलुङमा संचालित जुत्ता उद्योग शैक्षिक संघसंस्था बन्द भएपछि प्रभावित बनेको हुदा सरकारले उद्धमीलाई सहुलियतपूर्ण ऋण दिएर नयाँ काम गर्न लगाउनुपर्ने बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ ।

तर विद्यालय बन्द हुँदा घर भाडा तिर्न समेत हम्मेहम्मे परेको व्यवसायीको गुनासो छ । बागलुङ बजारमा विदेशबाट आयात भएका जुत्ताहरु भित्रिए पनि बागलुङमै उत्पादन भएका जुत्ताको माग बढि हुने गर्दछ । सामान्यतया ५ सय देखि २५ सय रुपैया सम्मको जुत्ताको बढी माग हुने गरेको थियो । बागलुङ बजारमा २ दर्जन भन्दा बढी जुत्ता उद्योग संचालन रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);