सिमा नाका ठप्प हुँदा व्यवसाय धरापमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिमा नाका ठप्प हुँदा व्यवसाय धरापमा

टीका खतिवडा
इलाम, २० भदौ ।
कोरोना अघिसम्म नेपाल–भारत सिमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारमा भारतीय पर्यटकको घुइचो हुने गर्दथ्यो, तर, पछिल्लो समय पशुपतिनगर सुनशान छ । पर्यटकहरुको चापले थामि नसक्ने सडक आजभोलि खाली छ ।

इलामको पशुपतिनगर यतिबेला सुनशान छ । कोरोना अघि निकै चहलपहल हुने पशुपति नगर भातरीय पर्यटकको गन्तव्य हो । तर, यतिबेला पर्यटकविहीन् भएको छ । मानवीय आउजाउ ठप्प भएपछि । व्यवशाय शून्य छ । कोरोनाका कारण सिमा नाका ठप्प भएपछि चहलपहल नभएको व्यवसायी प्रेमनाथ पाण्डे बताउनु हुन्छ ।

पशुपतिनगर बजारमा बाह्रै महिना भारतीय पर्यटकहरुको चाप रहने ग¥थ्यो । अहिले कोरोनाको कहरले ६ महिना देखि व्यपारीहरुलाई घरभाडा तिर्न नै धो धौ छ । कतिपय व्यवसायीहरु व्यवसाय बन्द गरेर घर फर्किसकेका छन् । कतिपय व्यवसायीहरु पुरानै अवस्थामा फर्कने आशामा छन् ।

लगानी जोखिममै पारेर भएपनि भोलिको व्यवसायको सपना देखेका छन् । व्यवसाय संकटमा परेपछि राज्यले सघाउनुपर्ने उनीहरुको माग छ । केही वर्षअघिसम्म भारतीयका लागि फेन्सी सामाग्री एवम फरेन गुडस खरिदको नजिकको बजार हो पशुपतीनगर । चीनबाट आउने धेरै जसो लत्ताकपडा, फेन्सी सामाग्री, जुत्ता लगायतक सामाग्रीहरु खरिद गर्न भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, सिलगुडी लगायतका स्थानबाट व्यवसायीहरु आउने गर्दथे ।

तर, अहिले भारतीय बजारमा सोझै यस्ता सामाग्रीहरु पाउने थालेपछि पनि पशुपतिनगर थप सुनशान बनेको हो । योसंगै कोरोनाले झन झन आक्रान्त बनाएपछि व्यवसाय धान्न कठिन भएको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउनु हुन्छ । लकडाउन अन्त्य भएको २ महिना भएपनि व्यवसायीहरु पशुपतीनगर बजारमा फर्कन सकेका छैनन् । स्थानीय सरकारले पसल खोल्नका लागि अवरोध गरेको पनि छैन । तर, व्यापार चौपट छ ।

सीमा क्षेत्रको व्यवसाय ठप्प भएको छ । व्यवसाय ठप्प भएपछि व्यवसायी पलायन हुदै गएका छन् । व्यवसायीको लगानी संकटमा पर्दै गएको छ । राजश्व संकलनमा समेत कमी आएको छ । यसर्थ व्यवसायलाई मापदण्ड अपनाएर संचालन गर्ने नीति ल्याउन सकेमा रोजगारी तथा व्यवसायलाई पुर्नजीवन दिन सकिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);