सधैजसो पर्यटकले खचाखच हुने अयोध्यापुरीका होमस्टे सुनसान | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

सधैजसो पर्यटकले खचाखच हुने अयोध्यापुरीका होमस्टे सुनसान

चितवन,६ मंसिर। सधैंजसो पाहुनाहरुले खचाखच हुने चितवन माडीस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे हिजोआज सुनशान देखिन थालेको छ । २०७२ सालदेखि यस क्षेत्रको पहिलो र व्यवस्थित होमस्टेका रुपमा सञ्चालनमा आएको होमस्टेलाई कोरोना महामारीले थला पारेको हो ।

कोरोना महामारीको संक्रमण रोकथामकालागी गरिएको लकडाउन तथा निशेधाज्ञा अन्त्य भएपनि महामारीको जोखिम कम नभएकोले चितवन माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा पर्यटकको आवागमन अझै सम्म पनि ठप्प छ । होमस्टेमा अहिलेको जस्तो अवस्था कहिल्यै पनि नआएको सञ्चालकहरुको भनाई छ ।

मासिक प्रतिघर कम्तिमा ५० हजार सम्म आम्दानी हुने गरेकोमा अहिले पर्यटकको अवागमन शुन्य हुँदा सञ्चालकहरु मारमा परेका छन् । ५ वर्ष अघि ११ घर मिलेर शुरु गरेकोमा हाल २ घर थपिँदा कुल १३ घरमा अधिकतम ७८ जना सम्म खान बस्न मिल्ने गरि चालु रहेको होम स्टेका सञ्चालकहरु अहिले यो पेशा नै परिवर्तन गर्ने हो कि भन्न्ने मनस्थितीमा पुगेका छन् ।

विगतमा पर्यटकको चहलपहल अत्याधिक हुने गरेपनि अहिले कोरोना त्रासकै कारण पर्यटक आउन छोडेका हुन् । यद्यपी विस्तारै आन्तरिक पर्यटकहरुको चहलपहल बढ्ने आशा गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले तिन तिरबाट घेरिएको चितवनको दक्षिण भेगमा अवस्थित माडी उपत्यका बेलाबेलामा विभिन्न कारणले चर्चामा आउँने गर्दछ ।

पछिल्लो समय प्रधानमन्त्रीले भनेको भगवान श्री रामको जन्मस्थल पनि यही अयोध्यापुरी क्षेत्रमै पर्ने हुँदा यो ठाउँले बढी चर्चा पाएको हो ।कहिले कोरोना त्रास कम होला र पर्यटकहरु बिदा मनाउँन आउलान् भनि अयोध्यापुरीका होमस्टेले पर्खिरहेका छन् । त्यतिमात्रै नभइ पर्यटन क्षेत्रमा पुगेको नोक्सानीलाई कसरी उकास्ने भन्ने चिन्तामा माडीका होमस्टे सञ्चालकहरु रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);