समयमै धानको बीउ र मल नपाउँदा धान उत्पादनमा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

समयमै धानको बीउ र मल नपाउँदा धान उत्पादनमा कमी

सुनसरी,६ मंसिर।समयमा मल र विउ नपाउँदा धान उत्पादनमा कमि आएपछि सुनसरीका किसानहरु चिन्तित बनेका छन । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पानबारीमा यस वर्ष पनि कृषकले सोचे जस्तो धान उत्पादन हुन नसक्दा उनीहरु निरास बनेका हुन् ।

गत वर्ष फौजी किराका कारण पर्याप्त धान उत्पादन गर्न नसकेका धरान उपमहानगरपालिका–६ पानबारीका कृषकहरुले यस वर्ष किराको प्रकोप भन्दा पनि समयमा मल विउको अभाव र अत्याधिक बर्षाका कारण सोचे जस्तो धान उत्पादन गर्न सकेनन् ।

गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा केही बृद्धि भएपनि विगत वर्षहरुको जस्तो उत्पादन नभएको स्थानीय कृषकहरुले बताएका छन् । धानबाली सोचे अनुसार उत्पादन नहुँदा मेहेनत मात्र खेर गएको उनीहरुको गुनासो छ ।

कृषि प्रधान देश नेपालमा सरकारले कृषकलाई समयमा मल विउ उपलब्ध गराउन नसक्दा कृषकले सोचे अनुसारको धान उत्पादन गर्न सकेका छैनन् । धरान उपमहानगरपालिकाले पानबारीलाई कृषि पकेट क्षेत्र घोषणा गरेपनि कृषकको समस्याबारे चासो दिएको छैन ।

पानबारीका ७ सय बढि घर परिवार कृषि पेशामा आश्रित छन् । कृषि पकेट क्षेत्र घोषणा गरेको स्थानमा उपमहानगरले चासो दिई कृषकको जिवनस्तर उकास्ने किसिमका योजना अघि सारे उपमहानगरले पकेट क्षेत्रमा लिएको नीति सफल हुनेमा दुई मत छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);