सप्तरीमा यस वर्ष ७ प्रतिशत धान उत्पादनमा बृद्धि हुने अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सप्तरीमा यस वर्ष ७ प्रतिशत धान उत्पादनमा बृद्धि हुने अनुमान

dhan utpadhan

सौरभ यादव

सप्तरी, २० मंसिर । सप्तरीमा यस वर्ष ७ प्रतिशतले धान उत्पादनमा बृद्घि हुने अनुमान गरिएको छ । धान उत्पादन हुने ७० हजार हेक्टर जग्गा मध्ये यस वर्ष ८३ हजार ५ सय हेक्टर जग्गामा खेती भई ७ प्रतिशत धान उत्पादन बृद्घि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

कतिपय जिल्लामा प्रतिकुल मौसम र बिउका कारण धान उत्पादनमा गिरावट आइरहेका बेला सप्तरीमा भने यस वर्ष ७ प्रतिशतले धान उत्पादनमा बृद्घि हुने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार गत अर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा ५६ हजार हेक्टर जग्गामा मात्र धान खेती भई १ लाख ५४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

यस वर्ष उत्पादन क्षेत्र बृद्घि भई ६३ हजार हेक्टर जग्गामा खेती भई १ लाख ७९ हजार ५ सय ५० मेट्रिकटन धान उत्पादन हुने सम्भावना छ । सप्तरीका किसान दुई हप्ता देखि धान काटन व्यस्त छन् । धान काटने, झार्ने, दाइँ गर्ने, गहुँ तथा दलहन बाली लगाउने लगायतको काममा व्यस्त यहाँका किसान धान उत्पादनबाट खुसी छन् ।

तराईका जिल्लाहरु धान उत्पादनको भण्डार हो । कहिले खडेरी, कहिले राम्रो बीउको अभावका कृषकहरुले आशातित उत्पादन लिन नपाइरहेका बेला सप्तरीका कृषकले धान उत्पादनबाट राम्रो आम्दानी लिन सक्ने आशा राखेका छन् ।

कार्तिक देखि मंसिरसम्म यहाँका किसान खेतीपाती कार्यमा अति व्यस्त रहने गर्छन् । किसानलाई धान काट्ने चटारो परिरहँदा कतिपय ठाउँमा धान काट्ने श्रमिक नपाउँदा समस्या हुने गरेको छ । गाउँका अधिकांश युवा रोजगारीका लागी विदेशिदा युवा जनशक्तिको अभावले बाली भित्र्याउन समेत किसानलाई हम्मेहम्मे परिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);