प्रधानन्यायाधीश मिश्रको चारमहिने कार्यकालः भ्रष्टाचारका कुनै मुद्दा पनि फैसला भएन | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

प्रधानन्यायाधीश मिश्रको चारमहिने कार्यकालः भ्रष्टाचारका कुनै मुद्दा पनि फैसला भएन

om prakash mishra

काठमाडौं, २१ मंसिर । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिसहित न्यायालयको नेतृत्व सम्हालेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बितेका चार महिनामा आफ्नो इजलासबाट भ्रष्टाचारका कुनै पनि मुद्दा फैसला गरेनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कार्यकाल सकिन केहीसाता मात्रै बाँकी रहेका मिश्रले सामान्यता सर्वौच्च अदालतमा चलिरहेका मुद्दामध्ये धेरैजसो अन्य इजलासलाई दिए पनि आफ्नो कार्यकालमा उनले एकदुईपटक सामान्य प्रक्रियाका लागि चढेका मुद्दा आफूले हेरे पनि फैसला भने गरेका छैनन् ।

सर्वोच्च अदालतमा सात सय हाराहारीमा घुस, भ्रष्टाचार, नक्कली प्रमाणपत्र तथा गैरकानुनी रुपमा बैंकबाट लाभ लिई भ्रष्टाचार गरेका एवं अकुत सम्पत्ति आर्जन गरेका मुद्दा विचाराधीन छन् ।

ताजा समाचार