वारामा धान उत्पादनमा बृद्धि हुँदा किसान हर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वारामा धान उत्पादनमा बृद्धि हुँदा किसान हर्षित

श्याम गुप्ता
बारा, १५ मंसिर । नेपाल कृषी प्रधान देश हो । त्यसोत हाम्रो देश नेपाल कृषि उपजका हिसाबले स्वतः आत्मनिर्भर हुनु पर्दथ्यो । तर हुन सकेको छैन । कोही कतै कुनै खेतीमा राम्रो उत्पादन भयो भन्ने खवर सुन्दा हामी सबैलाई खुसी लाग्दछ।

यस वर्ष धान उत्पादनमा बृद्धि भएपछि बाराका कृषकहरु खुसि भएका छन् । गत वर्षको तुलनामा यस वर्ष समयमा पानी परे पछि धानको उत्पादनमा बृद्धि भएसँगै किसानहरु खुसि भएका हुन् । तराईमा झण्डै ७० प्रतिशत धानबाली लगाईन्छ । बारा जिल्लाको हकमा ६२ हजार पाँच सय ९५ हेक्टर क्षेत्रफलमा धानको खेती हुने गरेको कृषि कार्यालय बाराले जनाएको छ ।

धान उत्पादनमा आत्मनिरभर बनेको यस जिल्लामा यस वर्ष समयमा पानी परे पछि उत्पादनमा थप बृद्धि भएको हो । गत वर्षको तुलनामा बिउ बिजन समयमा उपलब्ध हुनु, समयमा पानी पर्नु र गण्डक नहरमा पनि समय मैं पानी आउनुले पनि यस वर्ष धान खोतीको उत्पादनमा बृद्धि भएको हो।

बारामा यस वर्ष एक दशमलव ५ प्रतिशतले धान उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र बाराका कृषि अर्थ विज्ञ गेनालाल प्रसाद मण्डलले जानकारी दिएका छन् ।

गत वर्ष कठ्ठामा डेढ क्वीनटल उत्पादन भए पनि यस वर्ष उत्पादनमा बृद्धि भई प्रति कठ्ठा २–३ क्वीनटल उत्पादन भएको कृषक हरिओम् बैठाको भनाई रहेको छ । हाल बाराको धान उत्पादकत्व ४ दशमलब २६ मेट्रिक टन–प्रति हेक्टर रहेको छ भने कृषि क्षेत्रको अन्नबाली मध्ये धानको योगदान बारामा ५६ प्रतिशत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);