समयमा मद खाद नपाउँदा धान सुक्न थालेपछि सर्लाहीका किसान चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

समयमा मद खाद नपाउँदा धान सुक्न थालेपछि सर्लाहीका किसान चिन्तित

राजिव साह,
सर्लाही । धानको सिजनमै सर्लाहीमा मल अभावले धान सुक्न थाले पछि किसान चिन्तित भएका छन् । यस बर्ष समयमा पानी परेपछि सर्लाहीमा धान रोपाइ समयमा सकिएको भए पनि धान पँहेलो हुन थाले पछि किसान मारमा परेको किसानहरुको गुनासो छ ।

गत वर्षको जस्तै यसवर्ष पनि कोरोना महामारीका कारण धानको सिजनमै लकडाउन परेकोले सर्लाहीमा धानको मल अभावले धान उत्पादन घट्ने देखिएको छ । सर्लाहीमा कुल क्षेत्रफलको ४६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको कृषि ज्ञान् केन्द्र सर्लाहीले जनाएको छ । यस वर्ष मौसमले साथ दिएर समयमा पानी परेर धान खेती समयमा सकिएको छ तर रसायनिक मलको अभावमा यसवर्ष पनि धानको उत्पादन घट्ने भएपछि यहाँका किसानहरु चिन्तित भएका छन् ।

किसानले मेहनत गरेपनि खेतमा लगाएको धानबाली विभिन्न प्रकोपले धान उत्पादनमा कमी आउने अवस्थाले गर्दा किसानहरु तनावमा परेका छन् ।

यहाँका किसानहरु रसायनिक मलको लागि भारतीय बजारको भर पर्दै आएका छन् । सिमानाका बन्द रहेका कारण उनीहरूलाई मलको अभाव झन् बढेको कृषि बिशेषज्ञहरुको भनाइ छ । अहिले लकडाउन खुलेको भएपनि सिमानाका भने बन्द नै रहेका कारण नेपाल भारत सिमाना नजिक तथा आसपासका किसानहरु भारतबाट रसायनिक मल ल्याउन नपाएकाले यस क्षेत्रमा रसायनिक मलको अभाव बढेको देखिन्छ ।

सर्लाहीको आधाभन्दा बढी भूभाग नेपाल भारत सीमासँग जोडिएको छ । रोपी सकेको धान पनि मल खाद नपाएर सुक्न थालेका छन् । धान जरा देखि नै पहेलो हुने गरी सुक्ने जस्ता प्रकोप देखापरेको किसानहरुले बताएका छन् ।

सर्लाहीमा मल खादको प्रमुख जिम्मेवारी पाएका कृषि सामाग्री संस्था र साल्ट ट्रेडिङले नै डिलर मार्फत मल खाद विक्री वितरण गर्दै आएको र यसको डाटा कृषि ज्ञान केन्द्रसंग नभएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । तर किसानहरु लगाएको धान बालीमा देखा परेको प्रकोप प्रमुख चुनौतीको रुपमा रहेकाले यस बारे निरन्तर किसानलाई सुसूचित गर्दै आएको कृषि ज्ञान केन्द्र मलंगवाका कृषि प्रसार अधिकृतले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);