असोजको तेस्रो सातासम्म धानमा वाला नलागेपछि कपिलबस्तुका किसान चिन्तित | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

असोजको तेस्रो सातासम्म धानमा वाला नलागेपछि कपिलबस्तुका किसान चिन्तित

rice

काठमाडौँ, २३ असोज। असोजको तेस्रो सातासम्म धानमा वाला नलागेपछि कपिलबस्तुका किसान चिन्तित, आफनो मिहिनेत र लगानी खेर गएको किसानको दुखेसो ।

असोजको तेस्रो सातासम्म आईपुग्दा पनि धानमा बाला नलागेपछि कपिलवस्तुका किसान चिन्तित हुन थालेका छन् । उन्नत जातको ‘गरिमा’ धानको बिउ भन्दै कपिलवस्तुका बिभिन्न ठाउँमा रोपिएको धान यतिबेलासम्म बाला लगाउन नसकेपछि किसानमा चिन्ता छाएको हो । मुख्य आयश्रोतको रुपमा रहेको धानबालीमा यसरी खेर जाने देखिएपछि उनीहरुमा पीडा थपिने उनीरुको दुखेसो रहेको छ ।

समयमै फल्ने र राम्रो चामल निस्कने पर्खाईमा ’गरिमा’ जातको धान लगाएका कापिलवस्तुका कृषकहरु धान काट्ने बेला हुन लाग्दा समेत बाला नलाग्दा चिन्तित भएका छन् । कापिलवस्तुको वाणगंगा नगरपालिका–८ मोर्मिका किसान मात्रै होईन अन्य ठाउँका किसान पनि बाला नलागेपछि समस्यामा परेका छन् । धान लगाँउन गरिएको मिहिनेत तथा लगानी सबै खेर गएको छ । बीउ किनेको स्थानमा गुनासो गरेपनि कुनै सुनुवाई नभएको उनीहरू  भनाई छ ।

राम्रो फल्ने तथा उन्नत जातको धान भन्दै किसानले एग्रोभेटबाट गरिमाको बिउ खरिद गरेका थिए । ८ कठ्ठा जमिनमा लगाएको गरिमा जातको धानले वाला नलगाए पछि धान पलाउने आशामा औषधी लगाउने लगायतका बिभिन्न कोशिसहरु गरे पनि केही सीप लागेको छैन ।

अन्य जातको धान लगाएको खेतमा अहिले धानको बाला झुल्दै छ । तर ’गरिमा’ जातको धान लगाएका किसानको खेतमा बाला समेत लागेको छैन । यसको जवाफदेहि विक्रेता, सरकारी निकाय भएको बताउदै धानको बाहिरी खोलमा नाम अर्कै धान अर्कै पर्न सक्ने वाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेसबहादुर केसीको भनाई छ ।

गरिमा जातको धानमा बाला नलागेको समस्याबाट कपिलवस्तुका किसानहरु मात्र होइन मुलूकका अन्य स्थानका किसानहरु पनि पीडित भएका छन् । यसरी उन्नत जातको वीउको नाममा कमसल बीउ विक्री गर्नुले किसानमा मार पर्नुका साथै कृषि पेशाबाट पलायन हुने अवस्था आउन सक्छ । त्यसैले समयमा यस्ता ठगीबाट जोगिन सरकारले पनि मल, बिउ वितरण हुने एगा्रेभेट र सहकारीको निगरानी र अनुगमन गर्नु आवश्यक देखिन्छ ।

ताजा समाचार