चितवनको खैरहनीका किसानले लगाएको धानमा वाला लागेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवनको खैरहनीका किसानले लगाएको धानमा वाला लागेन

चितवन, ६ असोज । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० खरखुट्टेका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘गरिमा’ मा दाना नलागेपछि दर्जनौँ कृषक समस्यामा परेका छन् ।

पाकेर थन्क्याउने बेलासम्म पनि धानमा बाला र दाना नै नलागेपछि यहाँका कृषक चिन्तित बनेका छन् । बर्ष कै जातको धान लगाईए पनि यस बर्ष बाली नलागेपछि किसानहरु चिन्तित बनेका हुन् ।

गएको बर्ष उन्नत जातको धान गरिमा लगाएर पर्याप्त बाली भित्र्याएका थिए । तर यो बर्ष भने यस्तो हुन सकेन । सोही जातको धान लगाए पनि धान पाकेर थन्क्याउने बेलासम्म पनि धानमा बाला र दाना नलाग्दा कृषकहरु चिन्तित भएका छन् ।

गत वर्षबाट लगाएको उक्त धान धेरै उत्पादन भएपछि किसानहरुले यस वर्ष पनि लगाएका हुन् । गत वर्ष उत्पादन भएको आफ्नै बारीको बीउ प्रयोग गरेको किसानको खेतमा धानका बाला झुले पनि यस वर्ष एग्रोभेटबाट ल्याएको धानमा बाला नलाग्ने समस्या आएको स्थानीय कृषक सीताराम अर्यालको भनाइ छ ।

स्थानीय जातका धान लगाउँदै आएका चितवनको खैरहनी तथा राप्ति नगरपालिकाका फाँटहरुमा दर्जनाँै किसानले यस पटक ‘गरिमा’ जातको धान लगाएका थिए ।

यो जातका बोटमा बाला नलागेपछि किसानलाई यो धानबाली निल्नु न ओकल्नु भएको छ । धान काटेर आलु लगाउने तयारीमा रहेका यहाँका किसानहरु धानमा बाला नलागेपछि भौतारिँदै हिड्नु परेको छ । गत बर्ष कै उन्नत जातको गरिमा धानको सोही प्याकेटको बीउ किन्दा पनि उत्पादन नभएको कृषकको गुनासो छ ।

कृषकहरुले खैरहनी १० र ११ का किसानहरुले प्रशान्त एग्रोभेट, साझा, विनम एग्रो भेट, महिला साना किसान कृषि सहकारी संस्थाबाट गरिमा जातको बीउ खरिद गरेका थिए ।

एउटै एग्रोभेटले १५० क्वीन्टल गरिमा जातको धानको बीउ बिक्री गरेको थियो । व्यापारीले झुक्याएपछि यहाँका किसानहरुले वडा कार्यालयबाट सिफारिस बनाई क्षतिपूर्तिका लागि पहल गरिदिन भन्दै नगरपालिकामा पत्र बुझाएका छन् । यसरी बीउमा ठगी गरि कृषिमा जिविकोपार्जनका लागि कृषिमा आधारित रहेका कृषकहरुलाई यसरी बीउमा भएको ठगीले पु-याउने क्षतिको समाधान के हो त ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);