धानमा बाला नलागेपछि कपिलवस्तुका किसान चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धानमा बाला नलागेपछि कपिलवस्तुका किसान चिन्तित

dhanma bala lagena

कोपिल पोखरेल
कपिलवस्तु, १८ असोज । असोजको तेस्रो सातासम्म आईपुग्दा पनि धानमा बाला नलागेपछि कपिलवस्तुका किसान चिन्तित हुन थालेका छन् । उन्नत जातको ‘गरिमा’ धानको बिउ भन्दै कपिलवस्तुका बिभिन्न ठाउँमा रोपिएको धान यतिबेलासम्म बाला लगाउन नसकेपछि किसानमा चिन्ता छाएको हो । मुख्य आयश्रोतको रुपमा रहेको धानबालीमा यसरी खेरा जाने देखिएपछि उनीहरुमा पीडा थपिने उनीहरुको दुखेसो रहेको छ ।

समयमै फल्ने र राम्रो चामल निस्कने पर्खाईमा ’गरिमा’ जातको धान लगाएका कापिलवस्तुका कृषकहरु धान काट्ने बेला हुन लाग्दा समेत बाला नलाग्दा चिन्तित भएका छन् । कापिलवस्तुको वाणगंगा नगरपालिका–८ मोर्मिका किसान मात्रै होईन अन्य ठाउँका किसान पनि बाला नलागेपछि समस्यामा परेका छन् । धान लगाँउन गरिएको मिहिनेत तथा लगानी सबै खेर गएको छ । बीउ किनेको स्थानमा गुनासो गरेपनि कुनै सुनुवाई नभएको उनीहरुको भनाई छ ।

राम्रो फल्ने तथा उन्नत जातको धान भन्दै किसानले एग्रोभेटबाट गरिमाको बिउ खरिद गरेका थिए । ८ कठ्ठा जमिनमा लगाएको गरिमा जातको धानले वाला नलगाए पछि धान पलाउने आशामा औषधी लगाउने लगायतका बिभिन्न कोशिसहरु गरे पनि केही सीप लागेको छैन ।

अन्य जातको धान लगाएको खेतमा अहिले धानको बाला झुल्दै छ । तर ’गरिमा’ जातको धान लगाएका किसानको खेतमा बाला समेत लागेको छैन । यसको जवाफदेहि विक्रेता, सरकारी निकाय भएको बताउदै धानको बाहिरी खोलमा नाम अर्कै धान अर्कै पर्न सक्ने वाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेसबहादुर केसीको भनाई छ ।

गरिमा जातको धानमा बाला नलागेको समस्याबाट कपिलवस्तुका किसानहरु मात्र होइन मुलूकका अन्य स्थानका किसानहरु पनि पीडित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);