धान खेती गर्ने समयमा किसानलाई मलको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धान खेती गर्ने समयमा किसानलाई मलको अभाव

डिएपी मल

मल नपाउँदा उत्पादन घट्ने भन्दै रुपन्देहीका किसान चिन्तित

विवेक विश्वकर्मा
रुपन्देही, २५ जेठ । धान खेती लगाउने समय भएसँगै किसानहरुलाई मल अभावको चटारो छ । रुपन्देही लगायतका जिल्लाहरुमा किसानहरुका लागि आवश्यक रसायनिक (डिएपी) मलको अभाव छ । गोदाममा युरिया मल प्रशस्त भए पनि किसानका लागि आवश्यक डिएपी मलको अभावले किसानहरु चिन्तित भएका हुन् ।

नेपाल कृषि प्रधान देश भएर पनि कृषिलाई पर्याप्त सम्बोधन गर्न सकिएको देखिंदैन । हरेक खेतीको समयमा मल नपाउने गुनासो किसानहरुबाट हरेक वर्ष आउने गरेको छ । अहिले पनि धानखेती सुरु हुन लाग्दा अत्यावश्यक रसायनिक डिएपी मलको अभाव भयो भनि विभिन्न जिल्लाका किसानहरुबाट गुनासो आइरहेको छ ।

मल नपाएकोमा किसानहरु चिन्तित भएका छन् । गोदाममा युरीया मल प्रशस्त भएपनि किसानहरुको अहिलेको आवश्कता डिएपी मल हो । तर डिएपी मल नपाइएपछि किसानहरु आतिएका छन् ।

सरकारले मलको अनुदान बढाए पनि वास्तविक किसानहरुले मल पाउन नसकेको किसानहरुको गुनासो छ । किसानहरुलाई धानखेतीका लागि समयमा डिएपी मल उपलब्ध गराउन नसकिएमा धानको उत्पादन दर घट्ने कृषक सेवा समिति रुपन्देहीका अध्यक्ष देव धवलले बताउनु भयो ।

यता कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले भने कृषकहरुलाई मलको अभाव नहुने जनाएको छ । सरकारले अनुदानको रकम बढाएको र पहिलाको तुलनामा कृषि सामाग्री कम्पनी केन्द्रीय कार्यालयले ४ लाख मेट्रिकटन मल बढी खरीद गर्ने भएको छ ।

धानखेती लगाउने समयमा आवश्यक मलको अभाव हुने समस्या यो सालको मात्र नभई बर्षेनी दोहोरि रहेको छ । धान रोप्नु अगाडि लगाउनु पर्ने डिएपी मल लगाउन नपाएर किसानहरु जिल्ला प्रशासन कार्यालय धाइ लामो समय लाइन बसी रुमलिन बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);