मनसुन शुरु भएसंगै मोरङका किसान धान रोपाइमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मनसुन शुरु भएसंगै मोरङका किसान धान रोपाइमा

ropai

सुनिल तिम्सिन
विराटनगर, २६ असार । मोरङमा आकासेपानीको भरमा धान रोपाईं गर्ने अधिकांस किसानहरु असारको तेस्रो साताबाट धान रोपाईंको चटारोमा व्यस्त हुन थालेका छन् । ढिलो शुरु भएको मनसुनले किसानहरुलाई चिन्तित बनाएको थियो ।

तर पछिल्लो केही दिनयता भारी बर्षा हुन थालेपपछी किसानहरुमा रोपाईंको चटारो शुरु भएको हो । मनसुन सक्रिय भएर बर्षा त भयो तर रोपाईंका लागि आवश्यक डिएपी मल नपाउँदा भने कृषकहरु निरास भएका छन् ।

कृषि सामाग्री कम्पनी लिमिटेड बिराटनगरमो डिएपी मलको अभाव छ । गोदाममा अहिले तीन सय टन पोटास र दुई सय ५१ टन युरिया मल छ तर रोपाईंको शुरु अवधिमा चाहिने डिएपी भने छैन । डिएपीको अभावमा धान रोपाई गर्न नपाएको किसानहरुको गुनासो छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरले मल लिन आएका कृषकहरुलाइै डिएपी मल नभएको भन्दै फर्काउने गरेको छ । डिएपी मलको माग बमोजिम आपुर्ति गर्न नसकेकाले मौज्दात नभएका कृषि सामाग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।

तत्काल आवश्यक नपर्ने मलको मौज्दात छ तर किसानका लागि तत्काल चाहिने मल भने अभाव रहेको छ । जसका कारण कृषकहरुले समयमै रोपाइ गर्न पाएका छैनन । खाद्यान्नमा आत्मनिर्भर तथा कृषि क्षेत्रको विकासका लागि सरकारले कृषकलाई मल अनुदानमा दिंदै आएको छ तर यस्तो कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा किसानहरु समस्यामा पर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);