राष्ट्रबैंकको प्राथमिकता 'विग मर्जर' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रबैंकको प्राथमिकता ‘विग मर्जर’

rastra-bank

प्रमिला भण्डारी
काठमाडौं, २६ असार । बैंकको संख्या घटाएर वित्तिय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्न भन्दै नेपाल राष्ट्रबैंकले विग मर्जरलाई प्राथमिकता दिएको छ । यसो गरिदा वित्तिय पहुँच अभिबृद्धि हुने दावी राष्ट्रबैकको रहेको छ । तर विग मर्जरमा जांदा ठूला बैंकहरुको एकाधिकार बढ्ने, निक्षेपमा व्याजदार घट्ने र ऋणमा व्याजदर बढ्ने खतरा बढ्ने सधैं रहने अर्थशास्त्रीहरु बताउँछन् ।

बैँक तथा वित्तिय संस्थाहरु आवश्यक भन्दा बढि भएकोले आर्थिक वर्ष २०७६/७७ को बजेटमानै मर्जरलाई प्रोत्साहन गर्नेगरी मर्जरको व्यवस्था गरिने उल्लेख गरिएको थियो । अर्थमन्त्रालयको नीतिलाई दिर्घरुप दिन बैँकहरुलाई मर्ज गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको २०७५ माघ मसान्त सम्मको तथ्याङ्क अनुसार नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहहरुको संख्या १ सय ५७ रहेको छ । जसमध्ये २८ वटा वाणिज्य बैंक रहेका छन् । यसलाई घटाएर कति बनाउने भन्नेमा छलफल भईरहेको नेपाल बैँकर्स एशोसिएसनले जनाएको छ ।

७ सय ५३ स्थानीय तहमा नै वाणिज्य बैंकको शाखा स्थापना हुनु पर्ने प्रावधान अनुसार केहि स्थानीय तह बाहेक सबैमा शाखा विस्तार भईसकेकोले बैक मर्जरबाट सेवा ग्राहीलाई बैंकको सेवा लिनका लागि कुनै असर नपर्ने एशोसिएसनको दावि छ ।

बैंक विग मर्जरमा जाँदा त्यसवाट लगानी योग्य पुँजीको वृद्धि हुने दाबी राष्ट्र बैंकको छ । तर यसबाट साना लगानी कर्ता र पूँजी पलायन हुनसक्ने खतरा सधैं रहन्छ । यसबाट प्रतिस्पर्धाको वातावरण कम हुन्छ ।

बैंकमा सरकारीकरण जस्तै राजनीतिक प्रभाव र ठूला बैंकको चलखेल र प्रभाव बढाउँछ । खतरा यस्तो रहे पनि विग मर्जरले बैँकको क्षेत्र तथा क्षमता बढाउने विश्वास राष्ट्र बैंकको छ । बैँक बलियो भएमा सेवाग्राहि स्वत सुरक्षित हुने कृषि विकास बैंकको भनाई छ ।

नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा विग मर्जर भन्दा पनि बैंकको विश्वसनियता मुख्य कुरा हो । विग मर्जरले वित्तिय जोखिम कम गर्न सहयोग पुग्ने भनिए पनि यसबाट गाउँगाउँमा बैंकको पहुँच हुंदैन कि भन्ने डर बढाएको छ । बैंक सेवामुखी भन्दा पनि नाफामुखी बन्ला भन्ने पनि डर अहिले सर्वसाधारणमा बढाएको छ ।

बैँक मर्जरले बैँकहरुलाई मात्र फाईदा हुने र कर्मचारी र सेवाग्राहि मारमा पर्ने सर्वसाधारणको बुझाई छ । राष्ट्र बैँकको नीति अनुरुप मर्जरमा जानको लागी केहि बैंकहरुविचमा सहमति समेत भईसकेको छ भने केहि बैंकहरु मर्जरको प्रकृयामा रहेका छन् । वित्तिय पहुँचको अभिवृद्धिका लागि विग मर्जरको आवश्यक्ता भएको राष्ट्र बैंकले बताइरहदा यस्तो मर्जरले सेवाग्राहिलाई कस्तो सुविधा थप्छ त्यो भने हेर्न वाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);