राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गर्न निर्देशन

ishor pokharel

काठमाडौं, १० माघ । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिएका छन् ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन् ।

बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा क्षेत्रमा राष्ट्र बैंकको निर्देशन मुताविक कर्जा प्रवाह गरे÷नगरेको सरकारले कडा निगरानी राख्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको चेतावनी छ ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ५४ औं बार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न पनि सो बैंकलाई सचेत गराए ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले वडा तहसम्म आफ्नो शाखा खोल्नुपर्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको भनाई छ । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा बैंक तथा वित्तिय संस्थाहरुले विशेष योगदान दिनुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई युवा शिक्षित रोजगार कार्यक्रममा लगानी गर्न पनि आग्रह गरे । उनले बैंकहरुले मुनाफामात्रै नहेरी सर्वसाधारणको पहुँचमा बैंकिङ सेवा पु-याउन जोड दिनुपर्ने आवश्यक्ता औल्याए ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा १ खर्व ८० अर्व निक्षेप संकलन गर्न सफल भएको छ भने १ खर्व ३१ अरव कर्जा लगानी गरेर १ अर्व ६१ करोड मुनाफा आर्जन गर्न गरेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);