आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन राष्ट्र बैंकको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिनु भएको हो ।

मंगलबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तिय संस्थाहरुले रोजगारीको अवसर सृजना गर्ने तथा गरिवी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने स्पष्ट पार्नु भयो ।

गभर्नर नेपालले निक्षेपकर्ताहरुको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने पनि स्पष्ट पार्नु भयो । उहाँले व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दवाव दिन नमिल्ने तर्क पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);