मंगलबार शेयरबजार परिसूचक नेप्से २.९२ अंकले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मंगलबार शेयरबजार परिसूचक नेप्से २.९२ अंकले बढ्याे

काठमाडौं, २४ असार । मंगलबार शेयरबजार परिसूचक नेप्से २ दशमलव ९२ अंकले बढेर १२सय ५० दशमलब दुई सात अंकमा पुगेको छ । १ सय ६५ कम्पनीका १६ लाख ७ हजार ६ सय ७२ कित्ताशेयर ५ हजार ७ सय ९८ पटकको कारोबारबाट ४६ करोड ८२ लाख ६३ हजार ७ सय ७० रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव २७ अंकले बढेर २ सय ६९ दशमलब शून्य ६ अंकमा पुगेर बन्द भएको छ । मंगलबार होटल, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्डबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापकको ६ करोड २ लाख ९८ हजार ९४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ८५ प्रतिशतले कमाएका छन भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ४दशमलव २८ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);