शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि

काठमाडौं, २५ मंसिर । बुधबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १०.११ अंकले बढेर परिसूचक एक हजार एक सय ६१ दशमलब ४ सात अंकमा पुगेको छ ।

१ सय ७३ कम्पनीका २० लाख ४३ हजार ६ सय ५ कित्ताशेयर ७ हजार १ सय ७२ पटकको कारोबारबाट ५५ करोड १३ लाख ७७ हजार ८ सय ५२ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलब छ ९ अंकले बढेर २ सय ५५ दशमलब एक नौ अंकमा पुगेको छ ।

बुधबार उत्पादन तथा प्रशोधन समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ । उत्पादन तथा प्रशोधन समूह ३० दशमलब तीन २ अंकले ओरालो लागेको हो । नेपाल बंगलादेश बैंकको संस्थापकको सबैभन्दा बढी ६ करोड ४१ लाखको शेयर कारोबार भयो ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब नौ आठ प्रतिशतले कमाएका छन भने युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी तीन दशमलब नौ पाँच प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);