शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

stock-nepse-market

काठमाडौं, २३ कार्तिक । आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १२ दशमलब चार नौ अंकले बढेर परिसूचक १ हजार ६ सय ४८ दशमलब पाँच आठ अंकमा पुगेको छ ।

१ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ताशेयर ४१ हजार ७ सय ६७ पटकको कारोबारबाट ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ५७ अंकले बढेर तीन सय २५ दशमलब नौ चार अंकमा पुगेर बन्द भएको छ ।

आइतबार बैंकिङ र विकास बैंकबाहेक सबैको परिसूचक उकालो लागेको छ । बैंकिङ १ दशमलव.१६ र विकास बैंक समूह ६ दशमलव६७ अंकले ओरालो लाग्यो ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढीको कारोबार हुँदा शेयर कारोबारका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर अगाडि रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);