मंगलबार नेप्से दोहोरो अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मंगलबार नेप्से दोहोरो अंकको वृद्धि

काठमाडौं, १७ भदौं । आइतबार र सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्सेमा मंगलबार भने दोहोरो अंकको वृद्धि भएको छ ।

मंगलबार नेप्से २० दशमलब ५७ अंकले बढेर परिसूचक एक हजार एक सय ९० दशमलब ९ शून्य अंकमा पुगेको छ । १ सय ७१ कम्पनीका २१ लाख ८४ हजार २ सय ७१ कित्ताशेयर ७ हजार ८ सय १७ पटकको कारोबारबाट ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलब नौ तीन अंकले बढेर २ सय ६० दशमलब दुई तीन अंकमा पुगेर बन्द भएको छ ।

मंगलबार अन्य र म्युचुअल फण्ड समूहबाहेक कारोबार भएका सबै समूहको सूचक उकालो लागेको छ । अन्य समूह शून्य दशमलब शून्य पाँच र म्युचुअल फण्ड समूह शून्य दशमलब शून्य एक अंकले ओरालो लागेको छ ।

मंगलबार नेपाल बंगलादेश बैंकको संस्थापकको ५ करोड ७२ लाख बढी रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९ दशमलब चार ६ प्रतिशतले कमाएका छन भने सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४ दशमलब आठ पाँच प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);