सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

gold and silver

काठमाडौं, १८ भदौ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुनको मूल्य ७२ हजार २ सय थियो । गत भदौ ९ गते पनि सुनको मूल्य बुधवारकै बराबर रहेको थियो । तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९सय ४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८सय ९५ रुपैयाँ तोकिएको थियो । पछिल्लो दुई महिनामा चाँदीको मूल्य भने सबैभन्दा उच्च भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री पनि कम भएको छ । अमेरिका र चीनबीचको व्यापार युद्ध, अमेरिकी केन्द्रिय बैंकले गरेको ब्याजदर बृद्धि लगायतका कारण सुनको मूल्य बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);