'तृष्णा' नामक पानीको बोतलमा किरा भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘तृष्णा’ नामक पानीको बोतलमा किरा भेटियो

khanepani ma kira

सुरेन्द्र भण्डारी
झापा, १८ भदौ । नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ, किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गर्दछ । झापाको विर्तामोडको तृष्णा नामक खानेपानीको बोतलमा उपभोक्ताले किरा भेटेका छन् ।

स्वच्छ खानेपानीका लागि आजभोलि जार तथा मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि लेऊ, किराहरु भेटिएका घटनाहरु पनि धेरै चोटि सञ्चार माध्यममा आएका छन् । पछिल्लो समयमा विर्तामोडमा पनि तृष्णा नामको सिल प्याक मिनरल वाटरमा किरा भेटिएको छ ।

बिर्तामोड नगरपालिका–६ बाट उत्पादित मिनिरल वाटरको शिलवन्दी बोतल भित्रको पिउने पानीमा किरा भेटिएको हो । बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड नजिकैको एक पसलमा किनिएको मिनिरल वाटर बोतलभित्र सेतो रंगको किरा भेटिएको उपभोक्ताको भनाई छ ।

यसरी आम उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेपानीमा खुल्ला रुप मै लापरबाही भईरहेको छ । केही पैसाको लोभमा व्यवसायीहरुले गुणस्तरहीन पानीको उत्पादन तथा विक्री वितरण गरिरहेका छन् । जनताको स्वास्थ्यसगं खेलवाड गर्नेलाई कारवाही गर्नु पर्ने माग अर्का उपभोक्ता डिल्लीराम दाहालको छ ।

किरा भेटिएको पानीको बोतलमा सन् २०१९ अगष्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको मापदण्ड अनुशार पानीको न्यूनतम पीएच ६ देखि ७.५ प्रतिशत हुनुपर्दछ ।

राष्ट्रिय उपभोक्ता मञ्च झापा र सम्वाद समूहको सचिवालयको सहकार्यमा यस अघि खाद्य प्रविधि तथा गुणस्तर विभागले बिर्तामोडबाट उत्पादित पानीको पीएच परीक्षण गर्दा समेत तृष्णा नामक पानीको पीएच ६ प्रतिशत थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);