सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो

काठमाडौं । साताको दाेस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको थियो । आइतबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);