सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो 

काठमाडौं। सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, आइतबार छापावाल सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);