सुनको मूल्य ६०० रुपैयाँले घट्याे, कतिमा हुँदै छ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

सुनको मूल्य ६०० रुपैयाँले घट्याे, कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं। सुनकाे मूल्य मंगलबार घटेकाे छ । साेमबारकाे तुलनामा मंगलबार ताेलामा ६०० रुपैयाँले घटेकाे मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ। सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी १३ सय ५० रुपैयाँले कायम भएको छ। सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

ताजा समाचार