सुन तोलाको एक लाख रुपैयाँ नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

सुन तोलाको एक लाख रुपैयाँ नाघ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको हो। बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार तेजावी सुनको मूल्य ताेलाकाे ९९ हजार २०० रुपैयाँमा काराेबार भएको थियो।

यता, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

ताजा समाचार