प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ,सांसदको प्रतिक चिन्ह प्रदान,इलामकै समस्या समाधान पहिलो प्राथमिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ,सांसदको प्रतिक चिन्ह प्रदान,इलामकै समस्या समाधान पहिलो प्राथमिकता

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बुधबार संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गर्नुभयो । त्यस अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान÷ऐन÷नियमका सामग्री प्रदान गरे ।

सांसद पदको शपथ लिएपछि नेम्वाङले इलामेली जनताको मायाबाट आफू यहाँसम्म आइपुगेकाले इलामकै समस्या समाधानमा विशेष ध्यान दिने बताउनु भयो ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित हुनुहुन्थ्यो ।

गएको वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपचुनावमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । ०००

Leave a Reply