राखेपका नव नियुक्त बोर्ड सदस्यहरुको पद तथा गोपनीयताको शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राखेपका नव नियुक्त बोर्ड सदस्यहरुको पद तथा गोपनीयताको शपथ

काठमाडाैं, ३ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् राखेपका नव नियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपमा सोमबार आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नव नियुक्त बोर्ड सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । मन्त्रीपरिषद्को २९ गते बसेको बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुुमित्रा चौधरीलाई राखेपको बोर्ड सदस्यमा मनोनित गर्नुभएको थियो । लगत्तै परिषद् अध्यक्षको हैसियतमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुद मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो । नयाँ ऐन अनुसार राखेपको बोर्डमा ३७ जना सदस्य रहनेछन् । सरकारले राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई यस अघिनै नियुक्त गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);