राखेपको बोर्ड बैठक तिहारपछि मात्र बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राखेपको बोर्ड बैठक तिहारपछि मात्र बस्ने

काठमाडौं, १६ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक तिहारपछि मात्र बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेको बताइएको छ ।

मन्त्रीपरिषद्ले राखेप बोर्ड सदस्य नियुक्त गरेपछि मन्त्री विश्वकर्माले दशैं लगत्तै बोर्ड बैठक बोलाउने आश्वासन दिनु भएको थियो । परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री विश्वकर्माले बैठक आयोजनाका लागि तयारी नपुगेको भन्दै तिहारपछि मात्र बैठक बोलाउने तयारी गरेको बुझिएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने उल्लेख छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यान्वयनमा आएसंगै परिषद्को तत्कालिन बार्ड भंग भएको थियो ।

नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला, सदस्य सचिवमा रमेशकुमार सिलवाल र बोर्ड सदस्यहरु नियुक्त भएका छन् । परिषद्को ३७ जनाको बोर्डमा अझै ओलम्पिक कमिटि, विश्व विद्यालय र उद्योग वाणिज्य महासंघका प्रतिनिधि आउन बाँकी छ ।

परिषद्को पहिलो बोर्ड बैठकले राखेपको कार्यकारी समितिका लागि चार जना सदस्यको नियुक्ति समेत गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);