खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण, परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण, परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता

काठमाडौं, १२ पुष । प्रतिनिधि सभा विघटन पछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएका दावा लामाले आइतबार पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गर्नुभएको हो ।

नव नियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शुक्रबार मन्त्रिमण्डल विस्तार भएसँगै सोही दिन सपथ खाइसक्नुभएका लामाले आइतबार मात्र मन्त्रालयको जिममेवारी सम्हाल्नु भएको हो । पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ हुनुभएको थियो । पूर्व मन्त्री विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गर्नुभएको थियो ।

नवनियुक्त मन्त्री लामालाई स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले मन्त्रालयले गरेका र गर्ने क्रममा रहेका गतिविधिबारेमा नवनियुक्त मन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);