मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउछु : मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउछु : मन्त्री गुरुङ


काठमाडौं, २९ असोज । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको हो । कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनकालागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उहाँले बताउनुभयो ।

यस्तै मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताउनुभयो । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफुले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहनुभएका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाउनुभएको हो । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);