सुर्नया गाउँपालिकाका अध्यक्ष बिष्टमाथि कुटपिट, ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुर्नया गाउँपालिकाका अध्यक्ष बिष्टमाथि कुटपिट, ११ जना घाइते

बैतडी, २९ असोज । बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिट भएको छ ।

गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद भइरहेका बेला स्थानियले तालाबन्दी गरेपछि ताला खोल्न गएको भन्दै अध्यक्षमाथि कुटपिट गरेका हुन् ।

बुधबार साझ झडपमा गाउँपालिका अध्यक्ष बिष्ट सहित ११ जना घाइते भएको गाउँपालिका उपाध्यक्ष लिला विष्टले जानकारी दिइन् ।

बैतडीको सुनर्या गाउँपालिका अध्यक्षको उपचार सम्भव नभए पछि धनगढी रेफर गरिएको छ ।

घाइते हुनेहरुमा ५ प्रहरी र ६ जना आन्दोलनकारी रहेको जनाइएको छ । झडपपछि प्रहरी निरिक्षक धनदेव साउँदको नेतृत्वमा प्रहरी टोली घटना स्थल गएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);