नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्छ : मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताउनुभएको हो ।

फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समिक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन उहाँले आग्रह समेत गर्नुभयो ।

मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताउनुभयो । टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उहाँको भनाई छ । उहाँले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने पनि बताउनुभयो । कर्मचारीहरुले फिल्डमा जान मन नगरेको भन्दै उहाँले कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

संस्थाको हितको निम्ति कर्मचारीहरुले उठाएका आवाजहरुलाई पुरा गर्न मन्त्रालय तयार रहेको उहाँको भनाई छ । कर्मचारीको वृत्तिविकास र हकहितमा मन्त्रालयले ध्यानदिने भएपनि कर्मचारीको मागहरु व्यक्तिकेन्द्रीत नभई टेलिकम र सेवाग्राहीको हितमा पनि हुनुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);