पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाप्रति मिडिया एलाईन्सद्वारा भत्सर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाप्रति मिडिया एलाईन्सद्वारा भत्सर्ना

काठमाडौं, २२ माघ । नेकपा दाहाल–नेपाल पक्षको आम हड्तालको क्रममा समाचार संकलनमा भएको अवरोध र पत्रकारमाथि भएको दुर्व्यवहारको मिडिया एलाईन्स नेपालले निन्दा र भत्सर्ना गरेको छ ।

बिहीबार सातदोबाटोमा नेकपा नेता देव गुरुङको अन्तर्वार्ता लिने क्रममा उहाँकै निर्देशनमा माउन्टेन टेलिभिजनका पत्रकार दिवाकर साहमाथि आक्रमण भएको थियो । यस्तै अन्य मिडियालाई समेत हड्तालको समाचार संकलन गर्ने क्रममा अवरोध समेत गरिएको भन्दै एलाईन्सले यी गतिविधिको निन्दा गरेको हो ।

एलाइन्सले जनताको मौलिक हकलाई कुठाराघात गर्ने गरी आयोजना गरेको बन्द र हड्ताल जस्ता गतिविधिहरु रोक्न समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । आम जनतले स्वतन्त्रपूर्वक हिँडडुल गर्न, पेशा व्यवसाय गर्न पाउने हकमा कुठाराघात गरेको निष्कर्ष निकालेको छ । यी घटनामा गम्भीर ध्यानाकर्षण भएको एलाईन्सले विज्ञप्तिमार्फत् जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);