मिटरब्याज पीडित र हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सडक संघर्ष गर्ने लिङदेनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिटरब्याज पीडित र हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सडक संघर्ष गर्ने लिङदेनको चेतावनी

काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनु भएको छ ।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्ना समेत गर्नु भयो । गरिव र निमुखा ती मानिसहरुमाथि किन आक्रमण गर्नु परेको भनि सरकारलाई अध्यक्ष लिङदेनले प्रश्न समेत गर्नु भयो ।

उहाँले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरुमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताउनु भयो । अध्यक्ष लिङदेनले भन्नु भयो, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन । राज्य अभिभावक छ भनेर राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ । त्यसको म निन्दा र भत्सर्ना गर्न चाहन्छु । यतिबेला ती निमुखा मानिसहरुमाथि आक्रमण भएको छ । जुन बेला यस्तो सरकार छ । जसले समाजमा गरिवहरुको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँढेको थियो । त्यो सपना बाँडने पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ । तर यति नै यो गरिव र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भईरहेको छ ? हामी भन्न चाहन्छौंकि सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनस्थापनाको काम गरिराखेका छन । उनीहरुको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु ।’

अध्यक्ष लिङदनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);