जन अदालत ब्युँत्याउने र जन सेना निर्माण गर्ने माओवादी केन्द्रको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जन अदालत ब्युँत्याउने र जन सेना निर्माण गर्ने माओवादी केन्द्रको तयारी

उत्तम रिजाल

झापा, ९ माघ । नेकपा माओवादी केन्द्रले जन अदालत ब्युँत्याउने र जन सेना निर्माण गर्ने तयारी गरेको छ । पार्टीको किलिको प्रदेशले झापाको शिवसताक्षी नगरपालिकाको पाराबारीमा आयोजना गरेको मजदूर किसान जागरण अभियानलाई सम्बोधन गर्दै महासचिव तिम्सिनाले यस्तो खुलासा गर्नु भएको हो ।

तिम्सिनालेले नेपालमा संविधान मान्ने, संविधान नमान्ने र आधा संविधान मान्ने गरी तीनथरी राजनीतिक शक्तीहरु रहेको भन्दै संविधानको समाजवादी पुनरलेखन हुनुपर्ने धारणा समेत राख्नु भयो । उहाँले संविधान पुनरलेखन गरे विप्लव, बैद्य र मधेसवादी दलहरुलाई पनि मान्य हुन सक्ने बताउनु भयो ।

महासचिव तिम्सिनाले यो संविधानका राम्रा पक्षलाई मान्ने र नराम्रा पक्ष खारेज गरी पुनरलेखन गर्नुपर्ने माओवादी केन्द्रको माग रहेको बताउनु भयो । उहाँले संसदीय व्यवस्था खारेज गरिनु पर्ने पनि बताउनु भयो । संसदीय व्यवस्था खारेज नगरे आँफूहरु त्यसको विरुद्धमा लडिरहने भन्दै वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जनताको समस्या हल हुन नसक्ने ठोकुवा समेत गर्नुभयो ।

महासचिव तिम्सिनाले प्रधानमन्त्री ओलीलाई अब देश लुट्ने छुट नदिने भन्दै ओली वा प्रचण्ड जो सुकै सत्तामा गएपनि विश्वबाट पतन भइसकेको संसदीय व्यवस्थालाई मजबुत बनाउने मात्र काम गर्ने बताउनु भयो । सत्तामा पुगेपछि जनयुद्धबाट आएका नेताहरुले मजदूर किसान तथा सर्वहारा जनताको पक्षमा काम गर्न नसकेकाले आँफूहरुले मजदूर किसान जागरण अभियान शुरु गरेको महासचि तिम्सिनाको धारणा थियो ।

प्रदेश इन्चार्ज सुरेन्द्र कट्वालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विनोद उपाध्याय, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायामाझी, सचिव बिमल निरौला, पोलिट व्युँरो सदस्य कञ्चन शर्मा दाहाल लगायतले सम्बोधन गर्नु भएको थियो । यो कार्यक्रमसँगै सो पार्टीले झापाबाट मेची–महाकाली मजदूर किसान जागरण अभियान शुरु गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);