बाजागाजाका बीच आर्यावलोकितेश्वर महास्नान सम्पन्न, आज मच्छिन्द्रनाथलाई घाम तपाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाजागाजाका बीच आर्यावलोकितेश्वर महास्नान सम्पन्न, आज मच्छिन्द्रनाथलाई घाम तपाइयो

काठमाडौं, ९ माघ । वर्षा र सहकालका देवता मानिने आर्यावलोकितेश्वर सेतो मच्छिन्द्रनाथकाको पौष शुक्लपक्षको अष्टमीतिथीमा महास्नान गराउने परम्परा अनुसार बिहीबार विधिपूर्वक सम्पन्न गरिएको थियो । महास्नानको बेला सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याई बहाल स्थित मण्डपमा राखिएको थियो ।

बहालका वज्राचार्य गुरुजु र शाक्यहरूको उपस्थितिमा नाथलाई सो मण्डपमा बाजागाजाका बीच महास्नान गरिएको हो । महास्नानको अवलोकनका लागि जिवीत देवी कुमारीको पनि उपस्थिति रहेको थियो । स्नान गराइएपछि करुणामयको मूर्तिलाई कपडाले छोपी बाजागाजा, छत्र, चामरको लश्करसहित मन्दिरभित्र राखिएको छ ।

स्नान भोलिपल्ट आज घाम तपाउने प्रचलन रहेको छ । आजबाट मूर्तिलाई अब केही दिनसम्म घाममा राखी आँखालगायत अङ्गहरू कोरिने कार्य शुरु गरिएकोे छ । यसरी केही दिन घाममा राखी अंङ्ग कोरिए पछि पूर्णिमाका दिन करुणामयको दशकर्म पूरा गरी पुनः मन्दिरमा प्रतिष्ठा गरिने परम्परा रहेकोछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);