डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणा कार्यान्वयनमा चुनौति : सूचना मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणा कार्यान्वयनमा चुनौति : सूचना मन्त्री गुरुङ

काठमाडौं, ४ पुष । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणा कार्यान्वयनमा चुनौति रहेको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ(क्यान)ले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले डिजिटल नेपालको फ्रेमवर्क बनेपनि पूर्वाधार निर्माण भइनसकेकोले कार्यान्वयनमा चुनौति रहेको बताउनुभएको हो ।

डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणालाई साकार बनाउन दुर्गम क्षेत्रमा पनि प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । त्यसका लागि नेपाल सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको र त्यसै अनुरुप निजी क्षेत्रले पनि आफ्ना कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धमा सरकारले अगाडि सारेका नीतिहरुमा कुनै अपुर्णता भएमा सुझाव दिन आग्रह गर्नुभयो ।

डिजिटल प्रविधिको विकासका लागि सरकारले कस्तो नीति नियम बनाई कार्यान्वयन गर्नुपर्छ संस्थागत रुपमा व्यवस्थित सुझाव तयार गरी सरकारलाई दिन क्यान महासंघसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा व्यवसायीहरुले ‘सूचना तथा सञ्चार प्रविधि नीति–२०७२’ को कार्यान्वयनको क्रममा भएका अनुभवहरुबाट पाठ सिकेर नयाँ नीति अवलम्बन गर्न जुरुरी रहेको बताए । डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी कार्यान्वयन गर्न छुट्टै निकाय बनाउनुपर्ने आवश्यकता रहेको पनि व्यवसायीहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);