प्रविधिको प्रयोगबाट देश समृद्ध बनाउने प्रधानमन्त्री दाहालको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रविधिको प्रयोगबाट देश समृद्ध बनाउने प्रधानमन्त्री दाहालको भनाइ

काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोग बढिरहेको बताएका छन् ।

सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेको उनको भनाइ छ । छैटौं राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।

पछिल्लो समयमा सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनिसञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको उनले उल्लेख गरेका छन् ।

‘सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त छ । यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकारी प्रतिवद्ध रहेको छ । नेपाल सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको छ ।’–दाहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अफ्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूत गतिमा अघि बढाइएको जानकारी दिँदै आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री दाहालले स्पष्ट पारेका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);